गौतमबुद्ध विमानस्थलमा फागुन ६ गतेदेखि ‘क्यालिब्रेसन फ्लाइट’

0
Shares

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो ।

प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ । एरो थाइको जहाज फागुन ५ गते काठमाडौंस्थित त्रिभुवन अन्तरराष्टिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौंबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ ।

गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडान सम्बन्धी कार्य सम्पन्न भइसकेको छ । उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायुसेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

परीक्षण उडान पश्चात यो विमानस्थमा व्यवसायिक उडान गर्ने तयारी गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार  १८ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।