राष्ट्र उत्थानको आईपीओमा १५.८४ लाख वटा आवेदन, २३.५१ गुणा बढी माग

0
Shares

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा दोस्रो दिन बिहीबार सवा पाँच बजेसम्ममा १५ लाख ८४ हजार वटा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार फागुन ५ गते साँझ ५ः१७ बजेसम्ममा १५ लाख ८४ हजार ९५९ वटा आवेदन परेको हो ।

उल्लेखित आवेदनबाट १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ८१ हजार ८४० कित्ता सेयरको माग भएको छ । जुन सर्वसाधारण जारी भएको सेयर संख्याको २३.५१४ गुणा बढी हो ।

दुई दिनको आवेदनबाट नै १५ लाख ५ हजार ५०९ जनाले सेयर नपाउने तथ्याङ्क देखिएको छ ।

राष्ट्र उत्थान लघुवित्तले बुधबारदेखि सर्वसाधारणहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्टाइएको छ । यस्तै सर्वसाधारणमा जारी भएको सेयरको ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको छ । आईपीओ छिटोमा फागुन ८ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन पाइनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओमा लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सदस्यता अनुमति स्वीकृती प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि कम्पनीले गराएको साख मूल्याङ्कनमा क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई ‘इक्रा एनपी आईआर डबल बि रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्था समयमै वित्तीय दायित्व पूरा गर्नसक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ छ । आईपीओ बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार  १८ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।