सुनको भाउ आइतबार तोलामा १०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९६ हजार १०० रुपैयाँ तोकिएको छ ।
सुनको भाउ बढेपनि आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गत सातामा सुनको भाउ २ हजार ५०० रुपैयाँले बढेको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८९७ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २३.९४ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया