नेप्सेमा चार कम्पनीको करिब ४ करोड कित्ता बोनस सूचीकृत

0
Shares

चार कम्पनीको करिब ४ करोड कित्ता बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार ग्लोबल आईएमई बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, बुटवल पावर कम्पनी लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आज सूचीकृत भएको हो । 

ग्लोबल आईएमई बैंक लिमिटेड (GBIME) को चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २ करोड १६ लाख ३२ हजार ५०३ दशमलव ०३ कित्ता बोन सूचीकृत भएको छ ।

बैंकको मंसिर २७ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले मंसिर १३ गते बुकक्लोज गरेकाले बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर खरीद गरी कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

आजै प्रभु बैंक लिमिटेड (PRVU) को चुक्ता पूँजीको १२ प्रतिशतबराबरले अुन आउने १ करोड ३६ लाख १६ हजार ४६८ दशमलव ७६ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ ।

प्रभु बैंकको पुस १८ गते सम्पन्न साधारण सभाबाट गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन भएको थियो । साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले पुस ४ गते बुकक्लोज गरेकाले बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर खरीद गरी कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

यस्तै बुटवल पावर कम्पनी लिमिटेड (BPCL) को चुक्ता पूँजीको १० प्रतिशत बोनस बराबरले हुन आउने २९ लाख ४९ हजार ६६३ कित्ता सेयर पनि आजै सूचीकृत भएको छ ।

कम्पनीको पुस २६ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुस ११ गते बुकक्लोज गरेकाले बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर खरीद गरी कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

साथै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) को चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ८ लाख ७६ हजार ८१२ कित्ता बोनस सेयर पनि मंगलबार सूचीकृत भएको छ ।

लघुवित्तको मंसिर १६ गते सम्पन्न भएको साधारण सभाले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा तथा लाभांश वितरणका लागि लघुवित्त कम्पनीले मंसिर ५ गते बुकक्लोज गरेकाले बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर खरीद गरी कायम रहेका लगानीकर्ताले मात्र उक्त बोनस पाउनेछन् ।

मंगलबार सूचीकृत भएको चारवटै कम्पनीको उक्त बोनस सेयर बुकक्लोको अघिल्लो दिनसम्म अभौतिक रुपमा सेयर धारण गरेका लगानीकर्ताको डिम्याट खातामा सम्बन्धीत कम्पनीको सेयर रजिष्ट्रारले पठाउनेछन् । उक्त बोनस हितगही खातामा प्राप्त भएपछि लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७८, मंगलबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।