सुनको भाउ घट्यो, चाँदीको मूल्यमा सामान्य वृद्धि

0
Shares

सुनको भाउ बुधबार नेपाली बजारमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुन तोलाको ९७ हजार रुपैयाँ र तेजावी सुन ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यमा गिरावट आएपनि आज चाँदीको मूल्य भने बढेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदी तेलाको १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८९६ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २४.०९ डलर आसपासमा कारोबार भइरहेको छ ।

नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा कारोबार हुने सुनको भाउ तोक्ने गरेका छन् । सोही अनुसार सुनचाँदी व्यवसायीले सो दिनका लागि तोकिएको मूल्यमा सुन खरीद तथा बिक्री गर्ने गर्दछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७८, बुधबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।