
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड (EIC) ले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीको फागुन १० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँको ६ प्रतिशत (७ करोड १० लाख १६ हजार २६४ रूपैयाँ) बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश गरी कुल ६.३१५८ प्रतिशत नगद (३७ लाख ३७ हजार ६९८ रूपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।
हाल चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँ रहेको कम्पनीको प्रस्तावित ७ करोड १० लाख १६ हजार २६४ रूपैयाँ बोनस सेयर वितरणपछि १ अर्ब २५ करोड ४६ लाख २० हजार ६६४ रुपैयाँ पुग्नेछ ।
अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्ताे छ कम्पनीकाे लाभांश इतिहासः
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2077/2078 | 6.00 | 0.32 | 6.32 |
| 2 | 2076/2077 | 8.00 | 0.42 | 8.42 |
| 3 | 2075/2076 | 0.00 | 0.00 | 0.00 |
| 4 | 2074/2075 | 0.00 | 0.00 | 0.00 |
| 3 | 2073/2074 | 10.00 | 0.00 | 10.00 |
| 4 | 2072/2073 | 20.00 | 0.00 | 20.00 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया