प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित

0
Shares

शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी पर्सि फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

सचिवालयले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरी विशेष कारणवश आजको बैठक बस्न नसक्ने भएकाले पर्सि आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।

आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ अनुसार आइतबारसम्मका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । हिजो फागुन १२ गतेको बैठक पनि यसैगरी सूचना टाँस गरी आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल हुने र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷७८ पेस गरिने कार्यसूची रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७८, शुक्रबार  १३ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।