सेबोनको पत्रपछि एचआइडीसीएलको संस्थापक सेयरको लिलामी स्थगित

0
Shares

नेपाल धितोपत्र बोर्डले जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को संस्थापक सेयर लिलामी स्थागित गर्न बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई निर्देशन दिएको छ ।

बोर्डले फागुन १२ गते क्यापिटललाई पत्र लेख्दै संस्थापक सेयर लिलामी स्थागित गर्न भनेको हो । बोर्डले पत्र पठाएपछि अर्को सूचना जारी नभएसम्मका लागि लिलामी बिक्री बन्द गरिएको क्यापिटलले जानकारी दिएको छ ।

बोर्डले काटेको पत्रमा संस्थापक समूह तर्फको तीन करोड ३० लाख कित्ता सेयर खरिद गर्ने लगानीकर्ताहरु कुन समूहमा रहने तथा सो सेयरको कारोबार प्रकृया कुन व्यवस्थाबाट हुने भन्ने विषय स्पष्ट नभएकाले लिलामी स्थगन गरी उक्त बिषयहरु बोर्ड तथा सर्वसाधारण लगानीकर्ताहरुलाई स्पष्ट गरे पश्चात मात्रै बिक्री कार्य अगाडि बढाउन भनेको छ। बोर्डको पत्रपछि बिक्री प्रबन्धकले शुक्रबार सूचना जारी गर्दै हाललाई सबै बोलकबोल प्रक्रिया स्थगित भएको जानकारी दिएको हो । 

कम्पनीले फागुन १ गतेदेखि १५ गतेसम्म आवेदन गर्न पाउने गरी संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयरको लिलामी बिक्री खुला गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७८, शनिबार  ११ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।