साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा ८८ लाख रुपैयाँको सेयर कारोबार सुस्ताएको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा २१ कम्पनीका १६ हजार ३१९ कित्ता सेयर ८८ लाख २२ हजार ३९० रुपैयाँमा खरीद बिक्री भएको हो ।
नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज २१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
नेप्से १.०५ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ६६० दशमलव ३९ अंकमा झरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया