नेपाल डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना

0
Shares

नेपाल डेरी एसोसिएसनले सोमबार आठ राजनीति दलले गरेको बन्दका क्रममा दुग्धजन्य पदार्थ बोकेको सवारी साधनमा तोडफोड गरिएको भन्दै उक्त घटनाको घोर निन्दा एवं भत्सर्ना गरेको छ ।

काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहान तोडफोड गरिएको हो ।

राज्यले उच्च महत्त्वका साथ दुध तथा दुग्ध पदार्थ ढुवानीलाई एम्बुलेन्स सरह मान्यता हुने गरि विगतको १८ दिने आम हडताल होस् या कोभिड भुकम्प, सबै राजनीतिक दलका बन्द हडतालमा निर्वाध बिना रोकतोक दुध तथा दुग्ध बोकेका गाडी आवागमन भएकोमा यसपटक एमसिसी पास भएको विरोधमा गाडी तोडफोड भएको हो ।

एसोसिएसनले बन्द, हडताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा सहज होस् भनि राष्ट्रिय दुग्ध विकासको नेतृत्वमा प्रतीक चिन्ह (लोगो) निर्माण भइ स्वयं प्रधानमन्त्रीले अनावरण गरि प्रयोगमा समेत ल्याइएको अवस्थामा यसरी तोडफोड हुने परिस्थिति सृजना हुनु सम्बन्धित बन्दकर्ता राजनीतिक दलका लागि पनि शोभनीय कार्य नभएको संंघले जनाएको छ ।

सरकारले दुध तथा दुग्ध पदार्थ ढुवानीमा सहजता हुनुपर्ने कुराको महत्व बुझी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ढुवानीलाई सहजता प्रदान गर्नका लागि प्रतीक चिन्ह (लोगो) लागू गरिएको थियो ।

दुग्ध क्षेत्र अति आवश्यक वस्तुको सूचीमा रहेको र विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकतोक दुवानी भैरहेकोमा यसपटक गाडी तोडफोड एवं ढुवानीमा समेत अवरोध सृजना भएकोमा नेपाल डेरी एसोसिएसन अत्यन्तै दुःखित भएको जनाएको छ ।

संघका महासचिव प्रल्हाद दाहालले राज्यले नीति नियम बनाउने तर व्यवहारमा सो नीति नियम पालना नहुँदा अत्यन्तै समस्या पर्ने गरेको बताए । 

संघले बन्द हडतालमा अत्यावश्यक वस्तु बोक्ने कुनै पनि सवारी साधन माथि तोडफोड नगर्न र आज तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन समेत सम्बन्धित बन्द कर्ता राजनीतिक दलसँग माग गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७८, सोमबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।