मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड (MPFL) ले ५ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले सेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सोमबार एक सूचना जारी गर्दै संस्थापक सेयर बिक्रीको सूचना निकालेको हो ।
फाइनान्स कम्पनीले यसअघि ७९ हजार १०० कित्ता बिक्रीका लागि माघ ३ गते सूचना आह्वान गरेकोमा ७३ हजार ४५० कित्ता सेयरका लागि मात्र निवेदन आएकोले बाँकी रहेको ५ हजार ६५० कित्ता सेयर पुनः बिक्रीका लागि सूचना निकालेको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनी सचिवको कार्यायमा निवेदन दिन अनुरोध गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया