
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा २६ लाख १० हजार बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्ममा २६ लाख १० हजार १२७ वटा आवेदन परेको हो । उल्लेखित संख्याबाट सर्वसाधारणमा जारी भएको सेयरको ३९.०२ गुणा बढी अर्थात तीन अर्ब २ करोड बढीको सेयर माग भएको छ ।
लघुवित्तको आईपीओमा कुल ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बराबरको ३ करोड २ लाख २४ हजार २५० कित्ता सेयर खरीदका लागि आवेदन परेको हो । कम्पनीले सर्वसाधारणबाट ७ लाख ७४ हजार ५६३ कित्ताको माग गरेको थियो । सर्वसाधारणबाट माग भएको तुलनामा ३९.०२ गुणा बढीको माग परेको छ ।
लघुवित्तले फागुन ११ गते बुधबारदेखि फागुन १५ गते आइतबारसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने कुल ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर लघुवित्तका कर्मचारीहरुलाई लागि र सर्वसाधारणका लागि छुट्टाएको सेयरको ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका इकाईहरुका लागि लागि सुरक्षित गरीएको छ । बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया