आज सेयर कारोबार बन्द

0
Shares

महाशिवरात्री पर्वको अवसरमा सरकारले विदा दिएसँगै आज सेयर कारोबार बन्द छ । महाशिवरात्री पर्वको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएकाले आज सेयर बजार पनि बन्द भएको हो ।

सरकारले सार्वजनिक विदा दिएकाले साताको तेस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार मात्र होइन आज सम्पूर्ण सरकारी अन्य कार्यालयहरु बन्द रहेका छन् ।

अब भोलि अर्थात बुधबार बिहान साढे दश देखि १५ मिनेट प्रि ओपनिङ्ग सेसन तथा हिान ११ बजे नियमित समयमा बजार खुल्नेछ ।

सोमबार सेयर बजार मापक सूचक नेप्से परिसूचक ४३.१२ अंकले घटेर २६१०.५८ बिन्दुमा झरेको छ । हिजो २२७ कम्पनीका ७८ लाख ३४ हजार ९१५ कित्ता सेयर ५४ हजार १२१ पटकमा ३ अर्ब ६६ करोड १ लाख ९ हजार ६७ मा खरीद बिक्री भएको थियो ।

उक्त दिन कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक रहँदा अपि पावरको सबैभन्दा धेरै १६.१० करोडको सेयर कारोबार थियो । उच्च रकमको कारोबार हुने कम्पनीको सूची तथा गुमाउने दुबै सूचीकमा हाइड्रोपावर समूहका लगानीकर्ताले रहेका थिए ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्री पर्व मनाइने गरिन्छ ।  काठमाण्डौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिर लगायत अन्य स्थानमा रहेका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।आज भगवान् शिवलाई जाडो हुने मान्यताका आधारमा बेलुकी विभिन्न मठ मन्दिर एवं चोक र चौबाटोमा धुन जगाइन्छ । धुनीमा प्रसाद बनाएर खाने प्रचलन समेत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७८, मंगलबार  ११ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।