सुनको मूल्य ६०० रुपैयाँले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

0
Shares

सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजावी सुन ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम गरिएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सोमबार सुन तोलामा १ हजार ६०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले बढेर कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९०६ .७७ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २४.४१ डलर आसपासमा कारोबार भइरहेको छ ।

नेपालमा नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा कारोबार हुने सुनको भाउ तोक्ने गरेका छन् । सोही अनुसार सुनचाँदी व्यवसायीले सो दिनका लागि तोकिएको मूल्यमा सुन खरीद तथा बिक्री गर्ने गर्दछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७८, मंगलबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।