
कुमारी बैंक लिमिटेड (KBL) ले ४ लाख २४ हजार ९८२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ ।
बैंकले संस्थापक सेयरधनी ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको ३ लाख ४६ हजार ११९ कित्ता र एशियन डिष्ट्रिब्युटर्सको नाममा रहेको ७८ हजार ८६३ कित्ता सेयर बिक्रीको सूचना निकालेको हो ।
उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरुले मंगलबार देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, टंगाल, काठमाडौं र सेयर रजिष्ट्रार कुमारी क्यापिटलको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुबाट तोकिएको अवधिभित्र सबै सेयर खरीद माग आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाहरुमा बिक्री गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया