
रुसले युक्रेनमाथि सैन्य हमला सुरु गरेपछि क्रेडिट कार्ड दिग्गजहरू भिसा र मास्टरकार्डले रुसी वित्तीय संस्थाहरूकाे भुक्तानी नेटवर्कबाट हुने कारोबार काटेको छ । रुसमाथि पश्चिमा प्रतिबन्धका कारण भिसा र मास्टरकार्डले रुसबाट गरिएका थुप्रै कारोबार बन्द गरिएको जनाएका हुन् ।
संयुक्त अमेरिका, युरोपेली संघ, यूके र क्यानडाले रुसी बैंकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट अलग पार्ने बताइरहँदा भिसा र मास्टरकार्डले रुसमा कारोबार बन्द गरेका हुन् । रुसले खार्किभमा रहेको युक्रेनी सरकारी भवनलाई क्षेप्यास्त्रले ध्वस्त पारेको रिपोर्ट सहित उसको बढ्दो आक्रामक कारबाही रोक्ने प्रतिउत्तरका क्रममा यो कदम चालिएको हो ।
गत हप्ता, रसियाले युक्रेनमा अभूतपूर्व आक्रमण सुरु गर्यो, जसले अमेरिका र विश्वभरका सरकारहरूलाई विश्वव्यापी वित्तीय प्रणालीबाट मस्कोलाई काट्ने उद्देश्यले श्रृंखलाबद्ध प्रतिबन्धहरू लगाउन बाध्य तुल्याएको हो ।
निक्की एशियाका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको शासनमाथि दबाब बढाउन युक्रेन नेशनल बैंकका गभर्नर किरिलो शेभचेन्कोले यो कदम चालेको उल्लेख गरेकाे छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथिको आक्रमण रोक्न आर्थिक युद्ध प्रयोग गर्न अमेरिका र उसका सहयोगीहरूले गरेको उच्च दाबी प्रयासमा पछिल्लो अगाडि सारिएको हो ।
मस्कोले युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले गत हप्ता धेरै रुसी व्यक्ति र वित्तीय संस्थालाई प्रतिबन्धको सूचीमा राखेको थियो । तेल दिग्गज बीपी र शेलले रूसी तेल र ग्यास कम्पनीहरूमा आफ्नो चासो हटाउने योजना घोषणा गरेका छन् ।
पहिले नै, रूसी मुद्रा तीव्र रूपमा घटेको छ र देशका एटीएमहरूमा ग्राहकहरुको लामो लाइनहरू छन् । रोयटर्सका अनुसार बैंक कार्डहरूले काम गर्न बन्द गर्न सक्ने वा बैंकहरूले नगद निकासीलाई सीमित गर्नसक्ने आंकलन र चिन्ताले रुसी ग्राहकहरु आइतबार र सोमबार एटीएमहरूमा हतारिएर लामो लाइनमा पर्खिएर रकम भुक्तानी लिएका थिए ।

युक्रेनमाथि रुसी अतिक्रमणलाई लिएर पश्चिमा देशहरुले गरेका प्रतिबन्धको असर देखिन थालेका छन् । रुसको ६०० अर्ब डलरभन्दा बढीको विदेशी वित्तीय सञ्चिति पनि रोकिएको छ । व्यापक प्रतिबन्धहरूले रूसी रूबलको मूल्यमा गिरावट ल्याएको छ । पश्चिमा प्रतिबन्धका कारण रुको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रहेका रुसी राष्ट्रपतिले आफ्ना नागरिकलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन् ।
धेरै राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले रूस, साथै पुटिन र उनका अति धनी समर्थकहरूमाथि प्रतिबन्ध लगाएका छन् । रुसी उडानका लागि अमेरिका, युरोपियन युनियन र क्यानडाले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् ।
भिसा र मास्टरकार्ड दुवैले युक्रेनका लागि मानवीय राहत कोषमा २ मिलियन डलर दिने वचन दिएका छन् ।
प्रतिबन्धले मास्टर कार्डकाे आम्दानीमा असर
रुसी वित्तीय संस्थाहरूको भुक्तानी नेटवर्कबाट हुने कारोबार काटेको असर मास्टर कार्डको आम्दानीमा पर्ने भएको छ । यी दुई देशबाट मात्र ६ प्रतिशत आम्दानी गर्ने गरेको मास्टर कार्डको आय प्रतिबन्दले प्रभावित बन्ने भएको हो ।
मास्टरकाडको वार्षिक खुल आयको लगभग १.१ बिलियन रूस र युक्रेनबाट आउँछ, जहाँ प्रतिबन्ध र युद्धले व्यवसायहरूलाई जोखिममा पारेको छ । सेयर बजार बन्द भएपछि सेक्युरिटीज एण्ड एक्सचेन्ज आयोगमा पठाएको पत्रमा मास्टर कार्ड इंकले मंगलबार भनेको छ कि रसिया र युक्रेन मास्टरकार्डको समग्र खुद आय मा महत्वपूर्ण योगदानकर्ताहरू हुन्, ।
सन् २०२१ मा यसको कुल आयको लगभग ४ प्रतिशत रूस भित्र र बाहिर सञ्चालन गरिएको व्यवसायबाट र यसको कुल आयको लगभग २ प्रतिशत हिस्सा युक्रेनबाट प्राप्त भएको थियो । मास्टरकार्डको गत वर्ष कुल आय १८.९ बिलियन डलर थियो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया