सेयर बजार बिहीबार बन्द रहेको छ ।
सरकारले शेर्पा समुदायको चाड ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक विदा दिएसँगै आज धितोपत्र बजार पनि बन्द भएको हो ।
शेर्पा समुदायले आज विशेषरुपमा ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
साताको अन्तिम दिन बिहीबार बन्द भएसँगै अब फागुन २२ गते आइतबार बिहान साढे १० बजे प्रि ओपनिङ्ग र ११ बजेपछि नियमित समयमा कारोबार खुल्नेछ ।
हिजो बुधबार सेयर कारोबार मापक नेप्से सूचक २.४५ प्रतिशत अर्थात ६३।९८ अंकले घटेर २५४६.६० बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार कूल २२८ वटा कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रूपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो कारोबार भएका १३ उपवटै समूहगत सूचक ओरालो लागेको छ । सबैभन्दा धेरै फाइनान्स ३.६५ प्रतिशतले घटेको छ भने उत्पादन, विकास बैंक, जलविद्युत, जीवन बीमा र लगानी पनि ३ प्रतिशत धेरैले घटेको नेप्सेले जनाएको छ ।
नेप्सेमा भारी गिरावट, सबै उपसमुहगत सूचक राताम्मे
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुधबार कारोबारमा आएका कम्पनीहरुमध्ये अब्बल देखिएको छ । कम्पनीको १६ करोड १८ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल टेलिकम र अरुण भ्याली हाइड्रोपावरको १४करोड बढी तथा अपि पवार, शिवम सिमेन्टस् र हिमालयन डिष्टिलरीको पनि दश करोड रुपैयाँभन्दा बढीकोे कारोबार भएको छ ।
यसदिन रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै ४ प्रतिशतले बढेर ५७२ रूपैयाँ पुगेको छ । यस्तै सिभिल बैंक र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि १ प्रतिशत बढीले बढेको छ ।
उता हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ८.२६ प्रतिशतले घटेर ६३१ रूपैयाँमा झरेको छ । यस्तै युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावर, ङादी ग्रुप पावरको सेयरमूल्य ६ प्रतिशत माथि तथा नेशनल, सामलिङ्ग पावर, तेह्रथुम पावर, हिमाल दोलखा र युनिभर्सल हाइड्रोपावरको सेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया