नेपाल बैंकले खोल्यो ठूलो संख्यामा रोजगारी, चैत १० गतेसम्म आवेदन दिन सकिने

0
Shares

नेपाल बैंक लिमिटेड (NBL) ले ठूलो संख्यामा रोजगारी खुला गरेको छ ।

बैंकले विभिन्न पदमा २७३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८।७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको पदमा आवेदन मागेको हो । 

इच्छुक उम्मेदवार आजदेखि चैत १० गतेसम्म अनलाइनबाट दरखास्त पेस गर्न सक्नेछन् । बैंकले माग गरेको दरखास्तमा प्लस टू गरेकाकादेखि आवेदन दिन सकिनेछ ।

बैंकले सातवटै प्रदेशअन्तर्गतका शाखा कार्यालयहरुका लागि सहायक (चौथो तह) पदमा १४८ जना भर्ने गर्ने भएको छ । जसअन्तर्गत प्रदेश १ मा ३१ जना, मधेस प्रदेशमा ३१ ज्ना जना, वागमती प्रदेशमा ५१ जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा २ जनाका लागि दरखास्त खुलाइएको छ । यस पदमा आवेदन दिन मान्यता प्राप्त संस्थाबाट व्इवस्थापन वा अर्थशास्त्र (मावविकी) मा न्यूनतम स्नातक गरेको हुनुपर्नेछ ।

यसैगरी बैंकले सातवटै प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका लागि कनिष्ठ सहायक (गोल्ड टेस्टर) पदमा ९२ जना भर्ने गर्ने भएको छ । जसअन्तर्गत प्रदेश १ मा १७, मधेस प्रदेशमा १५ जना, वागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा १२ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनाका लागि दरखास्त खुलाइएको छ । यस पदका लागि मान्यता प्राप्त संस्थाबाट व्यवस्थापनमा प्रमाणपत्र तह वा प्लस टू उत्तिर्ण गरेको हुनुपर्नेछ ।

यस्तै बैंकले सहायक प्रबन्धकमा ५६ जनाका लागि दरखास्त खुलाएको छ । यो पदका लागि मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ ।

बैंकले सहायक प्रबन्धक (सीए) मा २ जना, सहायक प्रबन्धक (आईटी) मा ४ जना र सहायक (आईटी) मा २ जनाका लागि दरखास्त खुलाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० फाल्गुन २०७८, शुक्रबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।