मतदाता नामावलीमा त्रुटि भए फागुन २६ गतेसम्म सच्याउन सकिने

0
Shares

निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भएको भए फागुन २६ गतेसम्म सच्याउन आग्रह गरेको छ ।

आयोगले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको लागि तयार पारिएको मतदाता नामावलीमा त्रुटि भएको भए सच्चाउन भनेको हो । मतदाता नामावली सच्याउने अवधि फागुन २० देखि २६ गतेसम्म निर्धारण गरिएको आयोगले जनाएको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी कसैले झुटृा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाईको मौका दिने जस्ता कृयाकलापहरु फागुन २० देखि २६ गतेसम्म सञ्चालन हुनेछन् ।’

यस प्रयोजनको लागि मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेव साईटमा हेर्न सकिने आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० फाल्गुन २०७८, शुक्रबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।