नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (NLICL) को बोनसपछि सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि आइतबार बुकक्लोज मिति तोकेकाले बुधबार कारोबार भएको अन्तिम मूल्यलाई आधार मानेर नेप्सेले बोनस समायोजन गरी नयाँ सेयरमूल्य निर्धारण गरेको हो ।
नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८५७.१४ रुपैयाँ तोकिएको छ । कम्पनीको सेयर बुधबार प्रतिकित्ता १०२० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । सरकारले सार्वजनिक विदा दिएकाले बिहीबार भने सेयर बजार बन्द थियो ।
आइतबारदेखि समायोजन गरिएको मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।
प्रस्तावित (चुक्ता पूँजीको १९ प्रतिशत बोनस र सोको कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी २० प्रतिशत) लाभांश पारित गर्न कम्पनीले फागुन २९ गते ३३ औं वार्षिक साधारण सभा बोलाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया