ग्रीन भेन्चर्सको आईपीओमा ११७ प्रतिशत आवेदन, ६ हजार ९ सयले भरे

3
Shares

ग्रीन भेन्चर्स लिमिटेडको स्थानीय बासिन्दाका लागि जारी गरेको सेयरमा अन्तिम दिनसम्ममा ११७ प्रतिशत आवेदन परेको छ ।

कम्पनीले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन आज पौने ६ बजेसम्म ६ हजार ९२५ जनाबाट ३६ करोड ७७ लाख ६७ हजार रुपैयाँ बराबरको ३६ लाख ७७ हजार ६७० वटा आवेदन परेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप र ओखलढुङ्गाका बासिन्दाहरुका लागि प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । आईपीओमा शुक्रबार कार्यालय अवधिसम्ममा आवेदन दिन सकिने व्यवस्था थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा ५० हजार कित्ताका लागि सेयर खरिदका लागि आवेदन दिन पाउने व्यवस्था थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० फाल्गुन २०७८, शुक्रबार  १८ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।