साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ४.४८ अंकले ऋणात्मक भएको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा १० कम्पनीका ४ हजार २५७ कित्ता सेयर २२ लाख ५५ हजार ८७१ रुपैयाँमा खरीद बिक्री भएको हो ।
नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज दश कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
नेप्से ४.४८ अंकले घटेसँगै सूचक २ हजार ५४२ दशमलव ५७ बिन्दुमा झरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया