
वागमति प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्रसँग स्पष्टीकरण सोधेको छ ।
सेवाग्राही र मिडियाले गुनासोलाई सम्बोधन गर्दै यातायात मन्त्रीसहितको टोलीले अन द स्पट कार्यालयमा पुगेर स्पष्टीकरण सोधेको हो ।
वागमति प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल सहितको टोलीले लाइसेन्स वितरण, नवीकरण र स्मार्ट लाइसेन्सको भेरिफाइ र सवारी साधानको ट्रयालमा देखिएको समस्या बारेमा आएका गुनासोको बारे कर्मचारीहरुलाई स्पष्टीकरण सोधेका थिए । सो अवसरमा बोल्दै मन्त्री दाहालले सार्वजनिक विदाको दिनमा समेत सवारी साधानको ट्रयाल सुरु गर्न निर्देशन दिएका छन् ।
‘लाईसेन्स लिनका निवेदन दिने धेरै हुँनुहुदो रहेछ, जनताका गुनासा समेत धेरै आए मन्त्री दाहालले भने, ‘कर्मचारीलाई समेत लोक सेवाले दिने सुविधा अनुसार सुविधा व्यवस्था मिलाएका छौं ।’
यसअघि गएको गत माघ महिना मात्र स्थलगत निरीक्षण गरेका थिए । सो अवसरमा उनले जनगुनासो आए आफैँ उपस्थित भएर कार्वाही गर्ने चेतावनी दिएका थिए ।
.jpg)
आफु यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउदै उनले आफुहरु आएर निर्देशन दिँदा समेत सुधार नआएपछि मिडिया र जनताहरुको गुनासोलाई सम्बोधन गर्दै अन द स्पोट कर्मचारीहरुसँग स्पष्टीकरण र कार्वाही सुरु गरेको बताए । सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु छिटै हल हुने उनले बताए ।
सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायताको समस्या हल गर्न डिजिटल प्राणलीलाई थप प्रभावकारी बनाईने बताए । कर्मचारी सेवा सुविधा दिने व्यवस्था निर्णय भएर राजपत्रमा प्रकाशित भएसगैँ लागू भएपछि समस्याहरु हल हुने उनले दाबी गरे ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया