
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
लघुवित्त संस्थाको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । होटेल येलो प्यागोडा, जमल, काठमाण्डौंमा फागुन २४ गते आयोजना गरिएको नेष्डो समृद्ध लघुवित्तको सर्वसाधारण तर्फको सेयर बाँडफाँड र सञ्चारकर्मीहरु सँगको एक विशेष अन्तरक्रियात्मक कार्यक्रममा लघुवित्त संस्था र क्यापीटलबीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा लघुवित्त संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।
नेष्डो समृद्ध लघुवित्तले गैर सरकारी लघुवित्त संस्थाको रुपमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले १८ वर्षसम्म ग्रामीण समुदायमा हासिल गरेको छ ।
लघुवित्तीय अनुभव र वित्तीय कारोवारलाई ग्रहण गर्दै विसं २०७४ चैत्र २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७५ माघ २९ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरमा ‘घ’ वर्गको लघुवित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरेको थियो ।
पर्वत जिल्ला, कुश्मा नगरपालिका वडा नं. ६ न्यूरोडमा केन्द्रीय कार्यालय राखी देशका १२ जिल्लामा ८८ हजार विपन्न परिवारलाई संस्थामा आवद्ध गरी सेवा प्रवाह गर्दै आई रहेको छ ।
लघुवित्त संस्थाको कुल जारी पूँजी २५ करोड ५० लाख मध्ये १७ करोड २१ लाख २५ हजार ८४ जना संस्थापक सेयरधनीबाट चुक्ता भैसकेकोमा वित्तीय संस्थाको बाँकी पूँजी संकलनको लागि प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरको ८ लाख २८ हजार ७५० कित्ता सेयर (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४१ हजार ४३७ कित्ता तथा निष्कासनकर्ता कम्पनी लघुवित्त संस्थाका कर्मचारीहरुको लागि छुट्टयाइएको १२ हजार ७५० कित्ता समेत) मध्ये ७ लाख ७४ हजार ५६३ कित्ता सेयर जारी गरेको थियो ।
लघुवित्तले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत् सेयर बिक्री खुल्ला गरेको थियो । उक्त आईपीओमा माग भन्दा झण्डै ३७ गुणा बढी आवेदन प्राप्त भएको थियो ।
येलो प्यागोडा होटेल, जमल, काठमाण्डौंमा नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा फागनु २४ गते भएको बाँडफाँडमा ७७ हजार ४५६ जनाले गोलाप्रथाबाट सेयर हात पारेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया