चिलिमे जलविद्युत कम्पनी (CHCL) को चुक्ता पूँजीको ७.५० प्रतिशत बोनस सेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको छ ।
चिलिमेले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेको अघिल्लो कारोबार दिनसम्म कायम लगानीकर्ताहरुमध्ये सेयर अभौतिकिरण गराएका सम्बन्धीत लगानीकर्ताको डिम्याट खातामा उक्त बोनस जम्मा गरेको हो ।
कम्पनीको पुस २३ गते स्काई जोन रेष्ट्रो एन्ड बैंक्वेट्स, धुम्बाराही काठमाडौंमा सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट ७.५० बोनस सेयर र ७.५० नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । जसमध्ये नगद लाभांश भने यसअघि नै सेयरधनीको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा क्लियरिङ्ग हाउसको आईपीएस मार्फत जम्मा गरिदिइसकेको छ अर्थात वितरण भैसकेको छ ।
साधारण सभाका लागि कम्पनीले गत पुस १५ गते बुकक्लोज गरेको थियो । यसअनुसार पुस १४ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीहरुले मात्र उक्त लाभांश पाएका छन् ।
हालसम्म पनि कागजी सेयर धारण गरेर सेयर डिम्याट नगरेका लगानीकर्ताहरुको बोनस भने भौतिक प्रमाणपत्र डिम्याट गरेपछि मात्र खातामा नै क्रमश वितरण हुने कम्पनीले जानकारी दिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया