नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले विभिन्न पदमा दश जना कर्मचारी माग गर्दै दरखास्त दिन आह्वान गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै नेप्सेले खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त माग गरेको हो ।
नेप्सेका अनुसार आन्तरिक प्रतियोगिता तर्फ नवौं तहमा उप प्रबन्धक एक जना, आठौं तहमा सहायक प्रबन्धक एक जना, सातौं तहमा बरिष्ठ अधिकृत एक जना र छैटौं तह वरिष्ठ अधिकृतका १ जना गरी चार जना कर्मचारी माग गरिएको हो ।
यस्तै खुलातर्फबाट दशौं तहको प्रबन्धकमा एक जना, आठौं तहको सहायक प्रबन्धकमा महिला एक जना, सातौं तहको वरिष्ठ अधिकृत खुला एक जना कर्मचारी माग गरेको छ । यस्तै छैटौं तहको अधिकृत खुला, मधेसी र अपांग कोटाबाट १।१ जना गरी कुल ३ जना कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको मिति (आज) बाट २१ दिनभित्र साधारण शुल्क र थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
इच्छुक २१ वर्षदेखि ३५ वर्ष पुगेका नेपाली (महिलाको हकमा ४०) नागरिकहरुले आवेदन दिन सक्छन् । दरखास्त आवेदन फारम नेपाल स्टक एक्सचेन्ज पदपूर्ति समितिको सचिवालय भद्रकालीमा बुझाउन सकिनेछ । दरखास्त फारम नेप्सेको वेवसाइटबाट डाउनलोड गर्न सकिने जनाइएकाे छ ।
आठौंदेखि दशौं तहका लागि २ हजार ५०० रुपैयाँ, सातौं तहका लागि २ हजार र छैटौं तहका लागि १ हजार ५०० रुपैयाँ दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया