सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, बजार भाउ कति ?

0
Shares

सुनको मूल्य साताको पहिलो दिन आइतबार नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जनाएको छ ।

आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको १ लाख २ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४२५ रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९८८ डलर तथा चाँदी प्रतिऔंस २२.८५ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७८, आइतबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।