वाणिज्य बैंकहरुले चैत महिनाका लागि ब्याजदर नबढाउने निर्णय गरेसँगै साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा बहार छाएको छ ।
साढे १ बजेसम्ममा नेप्से नेप्से ९० अंकले बढेर २६५७ बिन्दुमा पुगेको छ भने कारोबारमा आएकामध्उे पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस अवधिमा सानिमा लाइफ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी संस्थापक, एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य करिब दश प्रतिशतले बढेको हो ।
यस अवधिमा २२५ कम्पनीका ५८ लाख १५ हजार कित्ता सेयर ३ अर्ब १९ करोड रुपैयाँमा खरीद बिक्री भएको छ । जजसमा शिवम् सिमेन्टसको सबैभन्दा धेरै साढे २७ करोड बढीको सेयर कारोबारमा आएको छ ।

कारोबारमा आएका सबै उउपसमुहगत सूचक बढेको बजारमा जीवन बीमाको सूचक सर्वाधिक साढे ६ प्रतिशतले बढ्दा होटल ५ तथा विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र लगानी सूचक ४ प्रतिशत धेरैले बढेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया