प्रि-ओपनिङ्ग सेसनमा सेयर बजारमा हरियाली, नेप्से १० अंकले बढ्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ९.९९ अंकले बढेर हरियाली छाएको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका २० कम्पनी मध्ये १५ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।

यस अवधिमा २० कम्पनी २ हजार ९४९ कित्ता सेयर ४१ लाख ६१ हजार ४१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज २० कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

नेप्से ९.९९ अंकले बढेसँगै सूचक २ हजार ६७७ दशमलव ९७ बिन्दुमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।