नेशनल हाइड्रोपावरको साधारण सभा स्थगित

0
Shares

नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड (NHPC) को २५ औं वार्षिक साधारण सभा स्थगित भएको छ । 

सोमबार बोलाएको साधारण सभामा गणपुरक उपस्थिति नपुगेपछि सभा स्थगित भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्न सभा बोलाएको थियो ।

साधारण सभाका लागि कम्पनीले फागुन १३ गते आइतबार बुकक्लोज गरेकाले फागुन १० गते बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

सभामा बोनस सेयर वितरणपछि कायम हुने चूक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव रहेको छ ।

सभाबाट सञ्चालक समितिमा ७ जना सञ्ंचालनको निर्वाचन गर्ने, आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने तयारी थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।