रुस-युक्रेन शान्ति वार्ताको लागि तयार हुँदा यूरो बढ्यो

0
Shares

दुई पटकको शान्तिवार्ता असफल भएपनि फेरि एक पटक रुस–युक्रेन शान्तिवार्तामा जाने भएका छन् । जसकारण लगातार कमजोर भएको युरोक्षेत्रका देशहरूले प्रयोगमा ल्याएको मुद्रा यूरो केही प्रतिशतले बलियो हुँदै गएको छ ।

रुसी तथा युक्रेनी मध्यस्तकर्ताहरु युद्धको अन्त्य गर्न र युद्धले निम्त्याएका संकटहरुको बारेमा छलफल गर्न भिडियो कल मार्फत वार्तामा आउने भएका छन् । वार्तामा आउने भनेसँगै यूरोको मूल्यमा ०.५५ प्रतिशतले वृद्धि भएको छ ।

रुस–युक्रेनबीचको वार्ता भएको खण्डमा त्यसले सबैको लागि शान्ति निम्त्याउने विश्लेषकहरुको भनाइ रहेको छ । युद्धको अन्त्य हुनु भनेको यूरो तथा सम्पूर्ण युरोपको लागि हितकारी हुने विश्लेषकले थपेका छन् ।

रुस–युक्रेन युद्ध लम्बिएसँगै रुसमा लगाइने प्रतिबन्धहरुको सूची पनि बढ्दै गएका छन् । हालै अमेरिकाले रुसी कच्चा तेल आयातमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले तेल आयातमा निषेध लगाएपछि आकासिएको कच्चा तेलको मूल्य युएइले कच्चा तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) ले सम्झौता अनुरुपकै तेल निर्यात गर्ने भनेदेखि बे्रन्ट क्रुडको सूचांक घटेको छ ।

यूरो बलियो भएसँगै अमेरिकी डलर ०.३ प्रतिशतले घटेको छ । पाँच वर्ष यताकै कमजोर भएको जापानी येन पनि आज ०.३ प्रतिशतले बढेको छ । युरोपेली युद्ध शान्तिपूर्ण हुँदै गरेको बेलामा चीनमा कोभिड–१९ संक्रमण फैलिएको छ । जिरो कोभिड टलरेन्स नीतिका कारण चीनका केही सहरमा लकडाउन सुरु भएको छ ।

युरो युरोक्षेत्रका देशहरूमा प्रयोगमा ल्याउने मुद्राको नाम हो । यूरो अमेरिकी डलर पछिसंसारमा अर्को सबैभन्दा सुरक्षित राख्ने र प्रचलनमा रहने मुद्रा हो । युरो नाम आधिकारिक रूपले १६ डिसेम्बर १९९५ मा अपनाइएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ चैत्र २०७८, मंगलबार  १७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।