गरिमा विकास बैंक लिमिटेड (GBBL) को १६ प्रतिशत बोनस तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको दश प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज चैत २ गते अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ गरिमा विकास बैंकले चैत ४ गते शुक्रबार तथा एनएलजी इन्स्योरेन्सले चैत ६ गते आइतबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्दैछ ।
यसअनुसार चैत ३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् । दुबै कम्पनीको लाभांश पाउन आजसम्म सेयरधनी कायम भैसकेको हुनुपर्छ ।
सरकारले फागुन ३ गते बिहीबार फागुपूर्णिमा (होली) को अवसरमा सार्वजनिक विदा दिएको छ । फागुन ४ शुक्रबार र ५ गते शनिबार रहेको हुँदा सेयर कारोबार हुँदैछ । त्यसैले लगानीकर्ताले लाभांश खाने कि सेयर बिक्री गरेर लाभांश नखाने निर्णय अाजसम्म गरिसक्नुपर्छ ।
गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुले सेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश लगायतका अन्य प्रस्तावहरु पारित गर्न बैंकले चैत १८ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ । पोखरास्थित होटल पोखरा ग्राण्ड बिरौटामा बिहान १०ः३० बजे सभा आह्वान गरिएको छ ।
यस्तै एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश लगायतका अन्य प्रस्तावहरु पारित गर्न इन्स्योरेन्सले चैत १७ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । अम्रपाली ब्याङक्वेंट थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सभा आह्वान गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया