
सुनको भाउ शुक्रबार स्थीर बनेको छ । पहेँलो धातु सुनको भाउ बिहीबार नेपाली बजारमा तोलामा ५०० रुपैयाँले बढेकोमा आज भने स्थीर बनेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला तोलाको ९९ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ तोकिएको छ । बिहीबार पनि यहि भाउमा सुन कारोबार भएको थियो । बुधबार भने छापावाला सुनको मूल्य तोलाको १ हजार २०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको भाउ १ हजार ३८५ रुपैयाँ तोकिएको छ । बिहीबार तोलामा २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९३५ डलर तथा चाँदी प्रतिऔंस २५.२५ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया