विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार हुँदैनः शिक्षामन्त्री

0
Shares

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नुहने बताएका छन् । 

थापाथली इन्जिनियरिङ क्याम्पसको ५६ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युग सुहाउँदो हुनुपर्छ’, मन्त्री पौडेलले भने, ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरुको सवलिकरणमा ध्यान दिए ।’

देश सुरुङमार्ग, लिफटिङ सिचाई, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै इन्जिनियरलाई गम्भीर हुन आग्रह गरे । ‘जाँदा पिच भएको बाटो फर्किदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भने, ‘यस्तो परम्परालाई चिर्नुपर्‍याे ।’

पूर्वाधार निमार्ण भनेको इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने बताए । ‘समृद्धि भन्नाले पूर्वाधार निर्माण पनि हो,’ उनले भने, ‘यसका लागि दक्ष जनशक्ति चाहिन्छ ।’

विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै यस वर्षदेखि देशका ४० बढी क्याम्पसहरुको भौतिक संरचना बन्ने उनको भनाइ छ ।

कार्ययोजना, दक्षता, लगनशील, अनुसाशन र उर्जाशील भएमात्रै नविनतम नतिजा दिन सकिने बताउनुभयो । आफ्नो अधिकारको खोजी मात्रै गरेर नहुने भन्दै कर्तब्य पनि भूल्न नहुनेमा उनले जोड दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ चैत्र २०७८, आइतबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।