सस्तिँदै सुनको भाउ, तोलाको ९९ हजार २०० तोकियो

0
Shares

सुनचाँदीको भाउमा साताको पहिलो दिन आइतबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको भाउ ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।

आजका लागि छापावाला सुनको मूल्य तोलाको ९९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा चाँदी भाउ तोलामा १० रुपैयाँले घटेर आइतबार तोलाको १ हजार ३७५ रुपैयाँ भाउ निर्धारण गरिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९२२ डलर तथा चाँदी प्रतिऔंस २४.९६ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ चैत्र २०७८, आइतबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।