आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २७ गते छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश सहित अन्य प्रस्तावहरु पारित गर्न उक्त मितिमा साधारण सभा बोलाएको हो ।
चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बनेपा पार्टी भेन्यू, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा डाकेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७।७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई २१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यस्तै आरम्भ चौतारी लघुवित्त र अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।
सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्तिको अनुमोदन गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु उपर पनि छलफल गरि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले चैत १७ गते बिहीबारदेखि २७ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोजको आधारमा चैत १६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी दर्ता पुस्तिकामा कायम भएका लगानीकर्ताहरुले मात्र प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभा प्रतिनिधित्व गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया