धितोपत्र बोर्डले ’ग्लोबल मनी वीक’ मनाउँदै, पूँजीबजार साक्षरता कार्यक्रम संचालन गर्ने

0
Shares

नेपाल धितोपत्र बोर्डले देशैभरी ’ग्लोबल मनी वीक’ मनाउने भएको छ । बोर्डले यही चैत्र ७ गते देखि १३ गते सम्म ग्लोबल मनी वीक मनाउन लागिएको बताएको छ।

धितोपत्रमा लगानी गर्ने लगानीकार्ताको हक हितको संरक्षण गर्ने मुख्य उद्देश्यका साथ बोर्डले बजार सम्बन्धी सुचना तथा गतिविधिहरु सर्वसाधरणमा प्रवाह गर्दै पुँजी बजार साक्षरता अभिवृद्धि लगायतका कार्यक्रम संचालन गर्ने भएको छ ।

धितोपत्र बजार क्रमश देशव्यापी हुदैं गएको बारे जानकारी दिई आमसर्वसाधरणलाई बजारमा रहेको द्धिविधा हटाउने, बजार सम्बन्धी जानकारी गराउने बजार प्रवेशमा प्रोत्साहित गर्ने यो कार्यक्रमको उद्देश्य रहेको बोर्डले जनाएको छ ।

बोर्डले चैत्र ७ मा वित्तीय सेवा साक्षरता र यसको महत्वको विषयमा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति र सहकारी विभागबाट संयुक्त कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यस्तै चैत्र ८ मा पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण गर्ने भएको छ ।

कार्यक्रमको तेस्रो दिन चैत्र ९ गते देशको विभिन्न प्रदेशमा धितोपत्र बजारसम्बन्धी लगानी कर्ता शिक्षा तथा सचेत अभिवृद्धि कार्यक्रम गर्ने, १० गते धनगढीमा धितोपत्र बजारका आधारभूत पक्षहरु नेपालको सन्र्दभ विषयमा प्रदेशस्तरीय अन्र्तक्रियात्मक कार्यक्रम भएको छ ।

त्यसैगरी चैत्र ११ र १२ मा सामुहिक लगानी कोष र क्रेडिट रेटिगं विषयमा सचेतना अभिवृद्धि गर्ने र धितोपत्र बजार तथा बस्तु विनिमय बजारका बारेमा रेडियो नेपालमा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कार्यक्रमको अन्तिम दिन चैत्र १३ गते बोर्ड तथा बजार सहभागीताहरुले धितोपत्र बजार विषयमा समेटिएका अध्ययन सामाग्रीहरु प्रकाशन तथा वितरण गर्ने बोर्ड जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ६ चैत्र २०७८, आइतबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।