चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको साविक बराहक्षेत्र गाविस–३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिवद्वय दीपक थापा मगर र जनक थापा तथा रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रप्रसाद पटेल निजका सहयोगी अशोकप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन सचिव दीपक थापा मगरले सामुदायिक वनका उपभोक्ताहरूबाट रसिद काटेर दुई लाख ९३ हजार ३ ०० लिइ कोषमा दाखिला नगरेको तथा तत्कालीन सचिव जनक थापाले पनि त्यसैगरी ७० हजार कोषमा दाखिला नगरी बदनियतयपूर्ण ढङ्गले रकम हिनामिना गरेकाले निजहरूविरुद्ध आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नगरप्रमुख पटेल र निजका सहयोगी अशोकले सेवाग्राहीबाट घुसबापत रु दुई लाख ५० हजार लिएको अवस्थामा गत फागुन १५ गते आयोगको टोलीले पक्राउ गरेको जनाउँदै उनीहरूविरुद्ध पनि आजै उक्त अदालतमा मुद्दा दायर गरिएको आयोगले बताएको छ ।

पटेलद्वयबाट रु पाँच लाख भराउन र थापामगरबाट रु दुई लाख ९३ हजार ३०० र थापाबाट रु ७० हजार ८५ असुलउपरको माग दाबी लिएर आरोपपत्र दायर गरिएको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ चैत्र २०७८, सोमबार  ०९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।