साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढ्दा चाँदीको भाउ भने स्थीर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबारको तुलनामा सोमबार सुनको भाउ ३०० रुपैयाँले बढेर छापावाला सुनको मूल्य तोलाको ९९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाला सुन तोलाको ९९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको भाउ भने स्थीर रहेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ३७५ रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबारको तुलनामा हिजो तोलामा १० रुपैयाँ घटेर आजकै भाउमा चाँदीको कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९२४ डलर तथा चाँदी प्रतिऔंस २४.९८ डलर हाराहारीमा कारोबार भैरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया