छ्याङदी हाइड्रोपावरको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम

0
Shares

छ्याङदी हाइड्रोपावरको ५९ हजार ८२७ कित्ता लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले  आज (चैत ९ गते बुधबार) कार्यालय समयभित्र शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धी मूल्यमा लिलामी खुला गरिएको सबै कित्ता माग गर्न सकिनेछ ।

लगानीकर्ताले काठमाडौंबाट बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौडा, नारायणगढ, पोखरा र बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट पनि शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

कम्पनीले चैत १ गतेबाट ५९ हजार ८२७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । कम्पनीको धितोपत्रको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल रहेको छ ।

कम्पनीको सेयर मंगलबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४५८ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ चैत्र २०७८, बुधबार  १० : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।