कर्पोरेट डेभलपमेन्टको १ लाख २० हजार कित्ता सेयर लिलामी बिक्रीमा

0
Shares

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (CORBL) ले चैत १६ गतेदेखि बैंकको सर्वसाधारण तर्फको १ लाख २० हजार १२० कित्ता हकप्रद सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ ।

बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म बिक्री गरेको चुक्ता पूँजीकोे १५० प्रतिशत हकप्रदमा अवतरित सेयर बैंकले लिलामीमा बिक्री खुल्ला गर्ने भएको हो ।

उक्त लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यसअनुसार इच्छुक आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरि शिलबन्दी बोलपत्र पेश गर्ने सक्नेछन् । न्यूूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि माग गर्न सकिन्छ ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी चैत २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्नेछ ।

बैंकको धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धार काठमाडौं, सिभिल बैंकका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत, नेपालगञ्ज धनगढीका साथै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयमा मार्फत बोलपत्र पेश गर्ने सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ चैत्र २०७८, बुधबार  १३ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।