नेपाल टेलिकम (
NTC) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ४० प्रतिशत लाभांश पाउन चैत १० गते बिहीबार (आज) सम्म सेयरधनी भैसकेको हुनुपर्छ ।
लाभांश तथा साधारण सभा प्रयोजनका लागि टेलिकमले चैत ११ गते शुक्रबारदेखि चैत २३ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ ।
यसअनुसार चैत १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र उक्त लाभांश पाउनेछन् । आइतबारदेखि समायोजित सेयरमूल्यमा सेयर खरीद गर्ने लगानीकर्ताले भने लाभांश पाँदैनन् ।
टेलिकमले लाभांश सहितका चैत २४ गते बिहीबार साधारण सभा बोलाएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कुल ४० प्रतिशत बोनस सेयर दिन लागेको हो ।
टेलिकमले गत आवको नाफबाट पहिलोपटक सेयरधनीलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
टेलिकमले ४० प्रतिशत लाभांश बाँड्ने, चैत २४ गते एजिएम आह्वान
टेलिकमको प्रस्तावित बोनस रोकेर पूँजी वृद्धि योजना तत्काल रद्द गर्न माग
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया