
अपि पावर कम्पनी (API) को सेयरमूल्य समायोजन भएको छ ।
हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले चैत १४ गते सोमबार बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हकप्रद समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले चुक्ता पूँजीको ३९.३६३ प्रतिशत हकप्रद समायोजनपछि प्रतिकित्ता मूल्य ३६३.२७ रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन आइतबार कम्पनीको सेयर प्रतिकित्ता ४६६.९० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको अन्तिम मूल्यलाई आधार मानी नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले समायोजन गरेको मूल्यलाई आधार मानेर आज अपिको दोस्रो बजारमा कारोबार खुल्नेछ । कम्पनीले चैत २५ गतेदेखि कित्ता बराबर नयाँ ०.३९३६ कित्ता अनुपातमा १०० रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
हाल अपि पावरको चुक्ता पूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५ रुपैयाँ रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार ५४५ रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया