नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वभिमान लघुवित्तको बोनस सूचीकृत

0
Shares

नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार नबिल बैंकको ४ करोड ६५ लाख १७ हजार ३५५ दशमलव ८९ कित्ता, एक्सेल डेभलपमेन्ट बैंकको ९ लाख ७३ हजार ३४५ दशलमव ४६९७ कित्ता र स्वाभिमान लघुवित्तको २ लाख ९७ हजार ३२१ दशलमव ५० कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

मंगलबार सूचीकृत भएका तीनवटै कम्पनीको बोनस सेयर साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि तोकिएको बुकक्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले पाउनेछन् । उक्त बोनस सम्बन्धीत सेयरधनीले डिम्याट खातामा प्राप्त भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

नबिल बैंकले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट ३३.६० प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत र स्वाभिमान लघुवित्तको पुस ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३२.३० प्रतिशत बोनस सेयर अनुमोदन भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ चैत्र २०७८, मंगलबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।