
जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै एकैपटक ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाभित्र लामो समय रिक्त रहेको पदमा एकैपटक पदप्रर्ति गर्ने उदेश्यका साथ जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
जसमा खुलातर्फ २ हजार ९८ सिट, समावेशीतर्फ महिला ३५८, आदिवासी।जनजाती ५७२, मधेसी समुदायबाट ५०५, दलित २७२ र पीछडिएको क्षेत्रलाई ८५ सिट छुट्टाइएको छ । त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त।मृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
सूचना अनुसार कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका) उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर २३ बैशाखसम्म दरखास्त दिन सकिनेछ ।
यस्तै सैन्य पदका लागि आवेदन दिने पुरुषको हकमा कम्तीमा ५० केजी तौल, न्यूनतम ५ फिट ३ इन्च उचाइ हुनुपर्नेछ भने छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ ।
त्यस्तै महिलाको हकमा उचाइ ५ फिट कायम गरिएको छ भने तौल न्यूनतम ४० केजी हुनुपर्ने शारिरीक योग्यता तोकिएको छ ।
देशका विभिन्न भर्ना केन्द्रबाट दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ । फारम बुझाउँदा १५० दस्तुर लाग्नेछ। खुला तथा समावेशी दुबै तर्फको परीक्षा भने जेठ ५ गते हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया