नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको कुल २८ करोड ८५ लाख रुपैयाँ बराबरको २८ लाख ८५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजीको २८ प्रतिशत बोनस चैत्र १७ गते बिहीबार तथा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर चैत्र १६ गते बुधबार सूचीकृत भएको हो ।
ग्लोबल आइएमई लघुवित्तको चुक्ता पूँजीको २८ प्रतिशतले हुने आउने १२ लाख ८ हजार ७८९ दशमलब १५ कित्ता र नेशनलको ४० प्रतिशत बोनस बापतको १६ लाख ७६ हजार २१४ दशमलव २१ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको मंसिर २८ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिन बुक क्लोज गरेको थियो । बुकक्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।
उता नेशनल माईक्रोफाइनान्सको माघ ६ गते सम्पन्न भएको ८ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश कर समेत गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि लघुवित्तले पुस २७ गते बुकक्लोज गरेको थियो । बुकक्लोजको आधारमा पुस २६ गतेसम्म कायम सेयरधनीहरु मात्रै लाभांश प्राप्त गर्नेछन् ।
सूचीकृत बाेनस सम्बन्धीत सेयरधनीकाे हितग्राही खातामा प्राप्त भएपछि धिताेपत्रकाे दाेस्राे बजार मार्फत खरीद बिक्री गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया