बलेफी हाइड्रोपावर लिमिटेडले बुधबारदेखि सर्वसाधरणमा निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आवेदनको ओइरो लागेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार दोस्रो दिन बिहीबारसम्ममा १० लाख ६२ हजार ५७५ वटा आवेदन परेको हो ।
सिडीएससीका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ७.५८ गुणा बढी अर्थात १ अर्ब २६ करोड १ लाख ५१ हजार रुपैयाँको माग परेको हो ।
कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्टाएर १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरीदका लागि सर्वसाधारणबाट माग गरेको थियो । जसमा १ करोड २६ लाख १ हजार ५१० कित्ता सेयर खरीदको आवेदन परेको हो ।
हाइड्रोपावरले बुधबारदेखि सर्वसाधारणका लागि कुल १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको थियो ।
कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो । निष्काशित सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरु सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरीदका लागि सर्वसाधारणले अवेदन दिन सक्नेछन् ।
आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले चैत १६ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया