सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो, चाँदीको मूल्य स्थीर

0
Shares

सुनको मूल्य साताको पहिलो दिन आइतबार नेपाली बजारमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ र तेजावी सुन ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य स्थीर बनेको छ । आज अर्थात आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ निर्धारण गरिएको छ । गत शुक्रबार पनि चाँदीको कारोबार मूल्य सोही कायम भएर कारोबार भएको थियो ।

महासंघका अनुसार शुक्रबार सुन तोलामा ८०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९२५ डलर र चाँदी प्रतिऔंस २४ दशमलव ६२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० चैत्र २०७८, आइतबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।