मेगा बैंक नेपाल लिमिटेड (MEGA) को १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ ।
बैंकले विभिन्न १० संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी लिलामी खुला गरिएको हो ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट माग आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर बिक्री गरिने बैंकले जानकारी दिएको छ ।
हाल बैंकको साधारण सेयर धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता २५२ रुपैयाँ हाराहारी र संस्थापक सेयर अन्तिम पटक चैत १३ गते १२० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया