सिन्धुलीको मुसहर बस्तिबाट भूमिहिन दलितलाई लालपूर्जा वितरण सुरु

0
Shares

संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तिबाट सुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो ।

भूमिहिन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको आज सुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले शुरु गरेको भूहिनिलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहिन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुने बताइन् ।

भूमिहिनलाई भूमि उपलब्ध गारउने अभियानमा देश जुटिरहेको भन्दै मन्त्री श्रेष्ठले बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफूहरु लागिरहेको पनि बताइन् । मन्त्री श्रेष्ठले एक वर्षभित्र सबै गाउँब्लकको जग्गाको नापी गर्ने र लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिसक्ने पनि बताइन् ।

उनले भने, “सरकार संविधानको कार्यन्वयन र भूमिहिनलाई भूमि उपलब्ध गराउने काममा जुटिरहेको छ । भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई ललापूर्जा वितरणको काम पनि अब राष्ट्रिय भूमि आयोग मार्फत शुरु भइसकेको छ, निर्वाचन आचारसंहितका कारण केही समय लालपूर्जा वितरणको काम रोकिने भएपनि निर्वाचन लगत्तै पुनः कामले तिब्रता पाउने छ भने देशभर रहेका गाउँब्लकको जग्गा नापी र लालपूर्जा वितरणको काम एक वर्षभित्र गरिसक्ने गरी काम शुरु गरिसकिएको छ ।”

मन्त्री श्रेष्ठले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उदेश्य रहेको भन्दै आगामी दिनमा फेरि पनि आयोग गठन गरिरहनु पर्ने तथा भुमी सम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न लागिपरेको पनि बताइन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० चैत्र २०७८, आइतबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।